
डोल्पामा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विक रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
यादवले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।