२५ जेठ २०८३, सोमबार

धुलिखेल-खावा रोडले हैरानी होइन अब खुशी दिनेछ : गोकुल बाँस्कोटा

साउन १, २०८२
काठमाडौं
धुलिखेल-खावा रोडले हैरानी होइन अब खुशी दिनेछ : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चोक खण्डमा पर्ने अरनिको राजमार्गको धुलिखेल-खावा सडकमा नागरिकले सास्ती बेहोर्न नपर्ने विश्वास व्यक्त गरेका छन् । 

पुरानो ठेक्का रद्द भएर १४ महिनामा काम सक्ने गरी ४२ करोडको स्रोत सुनिश्चित भएपछि बाँस्कोटाले नयाँ टेन्डरको सूचना सेयर गर्दै यस्तो लेखेका हुन् ।  

‘४२ करोडको स्रोत सुनिश्चततासहित धुलिखेल-खावा अरनिको सडकको पुरानो ठेक्का रद्द र १४ महिना कामको अवधि तोकेर नयाँ सूचना जारी भएको छ,’ बाँस्कोटाले लेखेका छन्, ‘हैरानी, सकस र तीव्र आलोचना खाइयो अब नपर्ला भन्ने आशासाथ सबैलाई खुशी भएको र देख्न अनि बधाई भन्छु।’

वर्षौंदेखि यो सडकखण्ड अलपत्र परेपछि काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लाका यात्रुले सास्ती भोग्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्