२४ जेठ २०८३, आइतबार

च्यासलमा एमाले सचिवालय बैठक, विधान महाधिवेशको तयारीबारे छलफल

साउन १, २०८२
काठमाडौं
च्यासलमा एमाले सचिवालय बैठक, विधान महाधिवेशको तयारीबारे छलफल

विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो सचिवालय बैठक जारी छ ।

बैठकले भोलि बस्ने पोलिटब्युरो बैठक र ५ साउनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ ।

भदौ २० देखि २२ गतेसम्म ललितपुरमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधित विधानको मस्यौदा, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । 

विधान महाधिवेशनअघि पार्टीको तहमा छलफल गरेर देशभरबाट सुझाव लिने तयारी एमालेको छ । 

एमालेले विधानमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्