१९ असार २०८३, शुक्रबार

४ महिनापछि २८०० विन्दुमाथि नेप्से, एकै दिन साढे १६ अर्बको कारोबार

साउन १, २०८२
काठमाडौं
४ महिनापछि २८०० विन्दुमाथि नेप्से, एकै दिन साढे १६ अर्बको कारोबार

४ महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८०० विन्दुमाथि उक्लिएको छ । 

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको हो । 

यसअघि अन्तिम पटक फागुन २२ गते परिसूचक २८१८.४३ को विन्दुमा रहेको थियो । करिब ४ महिनापछि परिसूचकले आज २८०० को विन्दुमा उक्लिएको हो । 

यस दिन बजारमा ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयरको कारोबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रूपैयाँको कारोबार भएको छ । 

बिहीबार ट्रेड टावर, शुभम् पावर र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ ।

उपसमूहतर्फका १३ वटै समूहको सेयर मूल्य वृद्धि भएको छ । आज बजार पुँजीकरण ४७ खर्ब ८३ अर्ब रूपैयाँ बढी रहेको छ । 

यस साता चार कारोबारका दिन सेयर बजारमा उच्च वृद्धि भएको छ भने एक दिन दोहोरो अंकले गिरावट आएको छ । 

साताको पहिलो कारोबारका दिन २९ अंकले बढेको नेप्से दोस्रो कारोबारका दिन सोमबार ३५.०९ अंकले घटेको थियो । 

त्यस्तै, साताको तेस्रो कारोबारका दिन ३४.४६ अंकले परिसूचक बढ्दा चौथो कारोबारका दिन ३४.६१ अंकले वृद्धि भएको थियो । 

र, साताको अन्तिम कारोबारका दिन ७५.८४ अंकले बढेको कारोबार बन्द भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्