
कपिलवस्तु २३ मंसिर– कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता कायम राखेका छन् ।
दिउसो २ बजेको अपडेट अनुसार शाहले १० हजार १ सय मत पाउँदा एमालेको चुनाव चिन्हबाट लडेका स्वतन्त्र राजनीतिक समूहका ईश्वर दयाल मिश्रले ८ हजार ५४ मत सहित दोस्रो स्थानमा छन् ।
संघीय समाजवादी फोरमका मंगल गुप्ताले ६ हजार ९ सय ६ मत पाएका छन् ।
२०६४ र २०७० सालको संविधानसभा चुनावमा अभिषेकले कपिलवस्तुबाट प्रत्यक्ष चुनाव जितेका थिए ।