
ट्याक्टरको ठक्करबाट चितवनमा एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका-१६ दोबाटो चोकमा खैरहनीबाट दोबाटोतर्फ आउँदै गरेको ना ३ त ७४३० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय कृष्णबहादुर पन्तको बिहीबार मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय बकुलहर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।