०५ असार २०८३, शुक्रबार

ट्रकमा भुस लोड गर्ने बेला करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु

साउन १, २०८२
काठमाडौं
ट्रकमा भुस लोड गर्ने बेला करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु

करेन्ट लागेर सर्लाहीमा एक युवकको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिकै न्यू माँ राजदेवी खाद्य उद्योगमा ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहटको वृन्दावन नगरपालिका-७ बस्ने ३० वर्षीय विनेश पासवान रहेका प्रहरीले जनाएको छ । 

ट्रकमाथि लगाएको त्रिपाल हटाउने क्रममा विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो । 

साथै, करेन्ट लागेर घाइते भएका ट्रकमा काम गर्ने अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्