०४ असार २०८३, बिहीबार

यस्तो छ सुरुङमार्ग निर्माण योजना

कात्तिक २०, २०७४
यस्तो छ सुरुङमार्ग निर्माण योजना
काठमाडौं, ७ माघ - समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिवेला गाडी गुडिसकेको हुन्थ्यो । तर, निर्माण कम्पनीले पाँच वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन । नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा लिएको छ । सन् २०१२ मा सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न गर्नुपर्ने थियो । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन आजको नयाँ पत्रिकामा खबर छ |
सुरुङमार्ग काठमाडौंको बल्खुबाट सुरु हुनेछ र कुलेखानी हुँदै हेटौँडा जोडिनेछ । कुल लम्बाइ ५८ किमिमध्ये ४.५ किमि मात्रै सुरुङ हुनेछ । तीन ठाउँमा सुरुङ निर्माण हुनेछ । दुई–दुई लेनका दुई सुरुङ हुनेछन् । क्रस ओभरका लागि बीच–बीचमा ‘क्रस सेक्सन’ पनि हुनेछन्।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क (टोल) बुझाउनुपर्नेछ । एक मिनेटभित्रै टोल उठाउन सकिने प्रविधि जडान गरी बल्खु, कुलेखानी र हेटाँैडामा टोल सेन्टर रहनेछन् ।
सार्वजनिक–निजी–जनताको साझेदारीमा निर्माण गर्न लागिएको सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । कम्पनीका अनुसार पूर्वाधार तयारीका क्रममा दुई वर्षमा ६० करोड रुपैयाँ खर्च भएको छ । जग्गा अधिग्रहणको विवरण संकलन भएको छ भने वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्