१० साउन २०८३, आइतबार
एमाले सचिवालय बैठक

एमालेमा ११ पदाधिकारी, कुन पदमा कति ?

साउन १, २०८२
काठमाडौं
एमालेमा ११ पदाधिकारी, कुन पदमा कति ?

नेकपा एमालेमा १९ बाट ११ जना पदाधिकारी बनाउन प्रस्ताव गरिएको छ । 

बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले १९ बाट पदाधिकारीको संख्या ११ मा झार्न प्रस्ताव गरेका हुन् ।

अहिलेका अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहितका १९ पदाधिकारी छन् । तर, संशोधित प्रस्तावमा ११ जना मात्रै पदाधिकारी बनाउन प्रस्ताव गरिएको हो । नयाँ प्रस्ताव अनुसार ३ उपाध्यक्ष, महासचिव एक, उपमहासचिव एक र पाँच सचिव बनाउन प्रस्ताव गरिएको छ ।

अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ जना पदाधिकारी छन् ।

२०७८ असोजमा भएको विधान महाधिवेशनले गरेको व्यवस्थामा महाधिवेशन उद्घाटन भएपछि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पुर्‍याइएको थियो । तर, अहिले फेरि घटाउने गरी प्रस्ताव आएको हो ।

यो पनि पढ्नुहोस्- एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाउने तयारी गरेको हो ?

सचिवालय बैठक हुँदै भोलिदेखि हुने पोलिटब्यूरो बैठक र ५ गते हुने केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुनेछ ।

केन्द्रीय कमिटीले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा संशोधनको प्रस्ताव गरिनेछ ।

अघिल्लोपटकको विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या २२५ बाट ३०१ सदस्यीय बनाएको थियो । सोही विधान महाधिवेशनले १५ जना पदाधिकारी बनाउने निर्णय गरेको थियो । तर, २०७८ मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनबाट एमाले बहुपदमा गयो, जसमा १५ नभई १९ पदाधिकारी बनाइएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्