२५ जेठ २०८३, सोमबार

श्रमिकको न्यूनतम तलब बढ्यो, प्रधानमन्त्री भन्छन्- श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन

साउन २, २०८२
काठमाडौं
श्रमिकको न्यूनतम तलब बढ्यो, प्रधानमन्त्री भन्छन्- श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन
फाइल तस्वीर

सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । सरकारले श्रमिकको न्यूनतम तलब बढाएर १९ हजार ५५० रुपैयाँ पुर्‍याएको हो । 

श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेक श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नभएको बताएका छन् । 

यसअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गरेको भन्दै अहिले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको उनको भनाइ छ ।

'श्रमबिना प्रगति सम्भव छैन र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन । यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौं। त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,' शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ' अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ। श्रमिकलाई एक मुठ्ठी भरोसा महत्त्वपूर्ण हुने छ ।' 

salt training

कमेन्ट गर्नुहोस्