१४ असार २०८३, आइतबार

बेलायतमा अब १६ वर्ष पुगेका किशोरकिशोरीले मतदान गर्न पाउने

साउन २, २०८२
काठमाडौं
बेलायतमा अब १६ वर्ष पुगेका किशोरकिशोरीले मतदान गर्न पाउने

बेलायतमा अब १६ वर्ष पुगेका किशोरकिशोरीहरूले पनि मतदान गर्न पाउने भएका छन् । सरकारले मतदान गर्ने न्यूनतम उमेर १८ बाट घटाएर १६ वर्ष पुर्‍याउने घोषणा गरेको हो । 

सरकारले अर्को राष्ट्रिय चुनाव अगाडि यो निर्णय गरेको हो । मध्य-वामपन्थी लेबर पार्टीले जुलाई २०२४ मा निर्वाचित हुनुअघि बेलायतको संसद् चुनावको लागि मतदान गर्ने उमेर घटाउने वाचा गरेको थियो।

स्कटल्याण्ड र वेल्सले पहिले नै १६ र १७ वर्षका बालबालिकाहरूलाई स्थानीय र क्षेत्रीय चुनावमा मतदान गर्न अनुमति दिइसकेका छन् । 

सन् २०२४ को चुनावमा मतदान ५९.७ प्रतिशत थियो, जुन दुई दशकभन्दा बढी समयमै सबैभन्दा कम हो ।

अर्को राष्ट्रिय चुनाव २०२९ सम्ममा हुने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्