०१ साउन २०८३, शुक्रबार

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

साउन ३, २०८२
नवलपरासी
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए ।  

“गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत ५०० करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत ११ लाख दुई हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ”, उनले भने ।

गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय(नवलपरासी बर्दघाट सुस्तापूर्व)मा विभिन्न प्रकृतिका एक हजार ४१४ वटा सवारी जाँच पास गरिएको छ । त्यसैगरी यस कार्यालयबाट आव २०८१–८२ मा सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षामा सहभागी भएको प्रमुख जैसवालले जनकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्