०१ असार २०८३, सोमबार

सहकारीको झण्डै १७ करोड रकम अपचलन गरेर फरार सञ्चालकविरुद्ध पक्राउ पुर्जी

साउन ३, २०८२
बुटवल
सहकारीको झण्डै १७ करोड रकम अपचलन गरेर फरार सञ्चालकविरुद्ध पक्राउ पुर्जी

बचतकर्ताको झण्डै १७ करोड रकम अपचलन गरेर फरार भएका रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापालगायत सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

सहकारीका व्यवस्थापक बसन्त पराजुलीलाई पक्राउ गरिसकिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

बचतकर्ताको करोडौं रकम दुरुपयोग गरेको घटनापछि सहकारी अहिले बन्द छ । झण्डै तीन सय बचतकर्ताले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय, बुटवलमा सञ्चालकविरुद्ध निवेदन दिएका छन् ।

अध्यक्ष तिवारी, सचिव थापालगायत अधिकांश पदाधिकारी सञ्चालक समिति सदस्य कांग्रेसका स्थानीय नेता कार्यकर्ता रहेको पाइएको छ ।

ठूला भनिएका मात्र होइन, चल्तीका स्थानीय सहकारीसमेत संकटमा फस्न थालेपछि रुपन्देहीका आम बचतकर्ता निकै समस्यामा परेका छन् । स्थानीय सञ्चालक रहेको जिल्लाको ३२ वर्ष पुरानो डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका पदाधिकारीले बदमासी गरेपछि आफ्नै छरछिमेकी सञ्चालक रहेको वित्तीय संस्थाप्रति पनि सर्वसाधारणको विश्वास गुमेको छ ।

दूध र दुग्धजन्य पदार्थको कारोबारसमेत गर्दै आएको ३८ करोड पूँजी रहेको सहकारीको १ हजार ९०० बचतकर्ताका रहेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्