२५ असार २०८३, बिहीबार

मुलुकले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको छ, अब दैनिक २.५५ किलोमिटर सडक निर्माण हुन्छ : प्रधानमन्त्री

साउन ३, २०८२
काठमाडौं
मुलुकले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको छ, अब दैनिक २.५५ किलोमिटर सडक निर्माण हुन्छ : प्रधानमन्त्री
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनले चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन् ।

'आजभन्दा छ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ । अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्ने छ,' प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म हाम्रो भरपर्दो जनशक्ति इन्जिनियरहरू भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्