१५ असार २०८३, सोमबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ३, २०८२
काठमाडौं
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका– ४ सुकेधारा बस्ने इलाम सन्दकपुर गाउँपालिका–२ माईमाजुवा घर भएकी ५० वर्षीया तेजुमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको विक्रम संवत् २०७९ साउन १७ गतेको फैसलाले उक्त मुद्दामा रु तीन लाख ५० हजार जरिवाना, तीन दिन कैद र क्षतिपूर्तिबापत रु १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरुङ फरार रहेकी थिइन् ।​​

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं सुकेधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्