
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। उनले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष आफ्नो राजीनामा बुझाएका छन्।
एन्फा स्रोतका अनुसार प्रशिक्षक वाइल्डको राजीनामा प्राप्त भएको छ ।
उज्बेकिस्तानमा भएको एसियन कप छनोटको क्रममा एन्फासँग विवाद उत्पन्न भएपछि वाइल्ड नेपाल फर्किएका थिएनन्। त्यसक्रममा उनले एक अन्तरवार्तामार्फत एन्फासँगै सहायक प्रशिक्षक र व्यवस्थापकमाथि पनि विभिन्न आरोप लगाएका थिए।