२९ जेठ २०८३, शुक्रबार

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

साउन ३, २०८२
पाल्पा
प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ । 

यहाँ आर्थिक वर्ष विसं २०८१÷८२ मा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिने गरिएको बताए। त्यस क्रममा निःशुल्कतर्फ गर्भवती र सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९, गरिब र असहाय ११०, अपाङ्गता भएका पाँच र आर्थिक अवस्था कमजोर भएका अन्य ४३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्