२३ असार २०८३, मंगलबार

गैरबैंक भुक्तानी गर्ने संस्थाका लागि राष्ट्र बैंकले जारी गर्‍यो लाभांश वितरण मार्गदर्शन [मार्गदर्शनसहित]

साउन ४, २०८२
काठमाडौं
गैरबैंक भुक्तानी गर्ने संस्थाका लागि राष्ट्र बैंकले जारी गर्‍यो लाभांश वितरण मार्गदर्शन [मार्गदर्शनसहित]

गैरबैंक भुक्तानी गर्ने सेवा प्रदायक संस्थाका लागि नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)ले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मार्गदर्शन अनुसार गैरबैंक भुक्तानी संस्थाले लाभांश वितरण गर्नुअघि जोखिम बहन कोष, जगेडा कोष, पूर्वाधार विकास कोष लगायत विभिन्न कोषमा मुनाफाको अंश छुट्याउनुपर्नेछ । लाभांश वितरणका लागि वित्तीय अवस्था सबल हुनुपर्ने र राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक भएमा लाभांश वितरण गर्न नपाइने व्यवस्था गरिएको छ । त्यस्तै, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्न पाइनेछ ।

लाभांश वितरणका लागि सेयर प्रिमियम एवं ‘बार्गेन पर्चेज गेन’बाट नगद लाभांश घोषणा गर्न नपाइने एवं सेयर लाभांश वितरण गर्दा संस्थाका नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्नेछ ।

त्यसैगरी, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्नेछ । संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको र राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत नरहेको हुनुपर्नेछ ।

यस्तो छ लाभांश वितरण मार्गदर्शन:

 

salt training

कमेन्ट गर्नुहोस्