०६ असार २०८३, शनिबार

ओली–भण्डारी भेटको समय सर्‍यो

साउन ४, २०८२
काठमाडौं
ओली–भण्डारी भेटको समय सर्‍यो

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट हुने समय पछाडि सारिएको छ ।

आइतबार दिउँसो ३ बजेलाई तय भएको भेटघाटको समय चार बजेलाई सारिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

एआईसम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री ओली बालुवाटारमै व्यस्त भएकाले च्यासलमा भण्डारीसँग तय भएको छलफलको समय चार बजे आसपासलाई सारिएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीसँग पहिलोपटक भेटघाट गर्न लागेकी हुन् ।

एमालेको पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता स्थगनको अवस्थामा रहेको निर्णय गरेकै भोलिपल्ट यस्तो भेटवार्ता हुन लागेको हो ।

विधान महाधिवेशनको तयारीका लागि भोलिदेखि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्