२९ जेठ २०८३, शुक्रबार

च्यासलमा उपाध्यक्षद्वयलाई दायाँबायाँ राख्दै ओली र भण्डारीको 'फोटो सुट', त्यसपछि वार्ता

साउन ४, २०८२
काठमाडौं
च्यासलमा उपाध्यक्षद्वयलाई दायाँबायाँ राख्दै ओली र भण्डारीको 'फोटो सुट', त्यसपछि वार्ता

नेकपा एमालेको केन्द्रीय कार्यालयमा शीर्ष नेताबीच फोटो सुटपछि प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता शुरू भएको छ ।​ 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भण्डारी साढे ३ बजे नै पुगेकी थिइन् । अध्यक्ष ओली भने ४ बजे च्यासल पुगे ।

ओली पुगेको १० मिनेटलगत्तै कार्यालयमा उपस्थिति शीर्ष नेताले फोटो सुट गरेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दायाँबायाँ राख्दै ओली र विद्याले सामूहिक तस्वीर खिचाए । 

ओलीतिर ईश्वर र भण्डारीतिर पाण्डेले उभिएर फोटो खिचाएका थिए । महासचिव शंकर पोखरेल, नेता कर्ण थापा र कार्यालय सचिव भीष्म अधिकारी पनि शीर्ष नेताकै लहरमा देखिएका छन् । शीर्ष नेताबीच फोटो खिचाएपछि ओली र विद्याले सोफामा बसेर हँसिलो मुद्रामा फोटो खिचाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेल र थापा भण्डारीको पक्षमा वकालत गर्दै आएका नेता हुन् । दुवै जनालाई ओलीले महत्त्व दिँदै बायाँतर्फ राखेर तस्वीर खिचाएका हुन् ।

प्रधानमन्त्री ओलीकै फोटोग्राफर दिनेश भण्डारीले यो भेटको फोटो खिचेका हुन् । सामूहिक तस्वीरपछि दुवै नेता ‘वान एन्ड वान’ भेटवार्तामा जुटेका हुन् ।

null

भण्डारीले एमालेको राजनीतिमा फर्किने घोषणा गरेको तीन सातापछि पार्टी अध्यक्षसँग औपचारिक वार्ता गरेकी हुन् । शनिबार बसेको एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता पेन्डिङमा रहेको घोषणा गरेको थियो ।

तर भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर आफू पुन: राजनीतिमा सक्रिय भएको घोषणा असार १४ गते गरेकी थिइन् ।

आफूसँग औपचारिक सल्लाह नै नगरी भण्डारी राजनीतिमा आएको भन्दै ओलीले उनीसँगै छलफल गर्ने र निर्णय लिने बताउँदै आएका थिए । 

 

कमेन्ट गर्नुहोस्