१७ असार २०८३, बुधबार
मनसुन सक्रिय

कैलाली-कञ्चनपुरमा रातिदेखि भारी वर्षा, आज कहाँ-कहाँ छ ठूलो पानी पर्ने सम्भावना ?

साउन ५, २०८२
काठमाडौं
कैलाली-कञ्चनपुरमा रातिदेखि भारी वर्षा, आज कहाँ-कहाँ छ ठूलो पानी पर्ने सम्भावना ?

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । यसबाहेक कर्णालीसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले हिजै मधेशबाहेक अरू प्रदेशमा र राति गण्डकीदेखि सुदूरपश्चिमसम्मका थोरै ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको थियो । 

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी भू-भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना छ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ । 

साथै ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्