३१ जेठ २०८३, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधन प्रस्तावमाथि छलफल हुने

साउन ५, २०८२
काठमाडौं
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान संशोधन प्रस्तावमाथि छलफल हुने

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट शुरू हुँदैछ ।

केन्द्रीय पार्टी कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।

विधान संशोधनसम्बन्धी प्रस्तावका अलावा पार्टीको संगठनात्मक कामको ‘रिपोर्टिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार प्रस्तावित विधानबारे इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने छ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् ।
विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ ।

केन्द्रीय कमिटीले पास गरेको विधान मातहतका कमिटीबाट आएका सुझावहरूलाई समेटेर महाधिवेशनमा प्रस्तुत गरिने गौतमले जानकारी दिए ।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्