२७ जेठ २०८३, बुधबार
अडियो प्रकरण

BREAKING : निवर्तमान मन्त्री गुप्तालाई अख्तियारले 'भ्वाइस टेस्ट'का लागि बोलायो

साउन ५, २०८२
काठमाडौं
BREAKING : निवर्तमान मन्त्री गुप्तालाई अख्तियारले 'भ्वाइस टेस्ट'का लागि बोलायो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई 'भ्वाइस टेस्ट'का लागि बोलाएको छ । घुस लेनदेन गरेको अडियोसहित परेको उजुरीउपर विस्तृत छानबिनका क्रममा गुप्तालाई बोलाइएको हो ।

अडियो प्रकरणमा अख्तियारले गुप्ताको 'भ्वाइस टेस्ट' गर्न भोलि मंगलबारका लागि बोलाएको उच्च स्रोतको दाबी छ ।

‘अडियोसहित उजुरी परेकाले त्यस विषयमा अख्तियारले पहिले उहाँको भ्वाइस टेस्ट गर्ने हो, त्यसपछि थप अनुसन्धान हुन्छ,’ अख्तियार उच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘त्यसका लागि उहाँलाई भोलि बोलाइएको हो ।’

भूमिसुधार तथा मालपोत कार्यालय पोखराको प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गुप्ताले आफूले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन् । अडियो पनि आफ्नो नभएको उनको जिकिर छ ।

तर, प्रधानमन्त्री ओलीसँगको भेटमा भने उनले बिचौलियाले पैसाको पोको आफ्नो क्वार्टरमा छाडेर गएको भनेर स्वीकारेको सार्वजनिक भइसकेको छ ।

पढ्नुहोस्, यो पनि :

पोखराको जग्गा हत्याउने खेलको नालीबेली– यसरी जोडिन्छन् मन्त्रीदेखि तत्कालीन मालपोत प्रमुखसम्म
 


 

salt training

कमेन्ट गर्नुहोस्