
ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्न अग्रवाललाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।
अग्रवालमाथि साढे ६ करोड ठगी गरेको जाहेरी प्रहरीमा परेको छ ।