२३ असार २०८३, मंगलबार

भक्तपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

साउन ६, २०८२
भक्तपुर
भक्तपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठ छिन् ।

बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको मयूर यातायातको बा ५ख ४७८२ नम्बरको बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले बताए ।

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौं नारायणस्थान बस्ने २८ वर्षीय नीलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्