
बर्दिया २३ मंसिर– बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेसका सञ्जय गौतमलाई पछि पार्दै गौतमले अग्रता लिइरहेका हुन् ।
शनिवार साँझ ७ बजेको नतिजा अनुसार वामदेवले २५ हजार ७४ मत प्राप्त गरेका छन, कांग्रेसका सञ्जयले २४ हजार ८१ मत प्राप्त गरेका छन् । बर्दियामा दुइ गौतमबीच १ हजार मतअन्तर छ ।