१८ असार २०८३, बिहीबार

बागलुङकी माया विश्वकर्मालाई नयाँ भैँसी प्रदान

साउन ६, २०८२
बाग्लुङ
बागलुङकी माया विश्वकर्मालाई नयाँ भैँसी प्रदान

बागलुङको ताराखोला गाउँपालिका–१, भुस्कातकी माया विकलाई नयाँ भैँसी प्रदान गरिएको छ । गत वैशाख १७ गते राति अज्ञात समूहले उनको गोठमा आगो लगाउँदा गर्भवती भैँसी मरेको थियो । 

भैँसी मरेपछि विक्षिप्त बनेकी उनलाई देश-विदेशबाट शुभचिन्तकहरूले गरेको आर्थिक सहयोगबाट नयाँ भैँसी किनेर दिइएको हो । 

गर्भवती भैँसीसँगै गोठ र पाडो पनि जलेको भिडियो मायाका छोरा सनमले कैद गरेर सामाजिक सञ्जालमा राखेका थिए । सनमले भनेका थिए- ‘यो हाम्रो भैँसी मात्रै थिएन, हाम्रो आमाको साथी थियो।  यही भैँसीको कारण पोखरा जानु भन्दा पनि आमाले मान्नुभएन । खै कुन शत्रु लाग्यो, आज गोठ नै खरानी भयो ।’

अहिले नयाँ गोठ बनिसकेको छ भने, गोठमा भैँसी पनि नयाँ बाँधिएको छ ।  माओवादी केन्द्र ताराखोला गाउँपालिका समितिले राहत स्वरूप ५० हजार रूपैयाँ रकम प्रदान गरेको थियो । उक्त रकम नयाँ भैँसी किन्न प्रयोग गर्ने गरी उपलब्ध गराइएको थियो । 

null

गाउँपालिकाका  युवा नेता दिवस खत्रीले  राहत रकम हस्तान्तरण गर्दै भने, ‘पार्टीले सदैव आम नागरिकको दुःखमा साथ दिने प्रतिबद्धता जनाएको छ। विपतमा परेको प्रत्येक परिवारलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’

भैँसी गुमेपछि आर्थिक र भावनात्मक रूपमा कमजोर बनेको परिवारलाई फेरि उठ्न साहस दिने यो सहयोगप्रति माया र उनका परिवारले आभार प्रकट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्