१२ असार २०८३, शुक्रबार

चुनाव जितेपछि महराले भने, ५ नम्बर प्रदेशको राजधानी दाङमा

मंसिर २३, २०७४
चुनाव जितेपछि महराले भने, ५ नम्बर प्रदेशको राजधानी दाङमा

दाङ, २३ मंसिर– दाङको २ नम्बर निर्वाचन क्षेत्रबाट वाम गठवन्धनका उम्मेदवार माओवादी नेता कृष्णबहादुर महराले चुनाव जितेपछि आफू सबैको साझा नेता भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भए लगत्तै पहिलो प्रतिकृया दिदै महराले भने,  ‘म निर्वाचित भइसकेपछि सबैको साझा प्रतिनिधि हुँ, मलाई मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्ने छु ।’
 
महराले मतदान गरेर आफूलाई जिताउने मतदाताहरुलाई धन्यवाद दिए । उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसका उम्मेदवार लगायत अन्य सबै उम्मेदवारहरुलाई पनि धन्यवाद दिएका छन् । 

‘निर्वाचनमा विजय हुनु र विजय हुन नसक्नु स्वभाविक प्रकृया हो, जे भए पनि सबै उम्मेदवारहरुले स्वस्थ रुपमा प्रतिस्पर्धा गर्नुभयो, म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु,’ महराले भने । 

आफूले निर्वाचनका क्रममा जनता सामु राखेका सबै प्रतिवद्धता पूरा गर्ने महराको भनाइ छ  उनले भोली देखि नै दाङको विकासका लागि योजन निर्माणमा लाग्ने जानकारी दिए । 

‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन म पहल गर्ने छु,’ उप–प्रधानमन्त्री समेत रहेका महराले भने,  ‘हामी यहि सरकार बाट पाँच नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्ने छौं ।’

salt training

कमेन्ट गर्नुहोस्