
मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार मध्यान्ह बैठक बसेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक प्राय आइतबार र बिहीबार बस्ने गरेको छ । तर यो साता गत आइतबार नै बैठक बसेको थियो । त्यसपछि आज फेरि मन्त्रिपरिषद् बैठक बसेको हो ।
विगतमा मन्त्रिपरिषद् बैठक साँझको समयमा बस्ने गरेको थियो । तर बुधबार मध्यान्हमा नै बैठक बसेको हो ।
मन्त्रीहरू परिवर्तन गर्ने चर्चाका बीच मन्त्रिपरिषद् बैठक बसेको हो ।