०२ साउन २०८३, शनिबार

चितवन राइनोजको लोगोमा परिवर्तन

साउन ७, २०८२
काठमाडौं
चितवन राइनोजको लोगोमा परिवर्तन

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सहभागी क्लबमध्येको एक चितवन राइनोजले दोस्रो सिजनका लागि आफ्नो लोगोमा केही परिवर्तन गरेको छ ।

क्लबका अनुसार, गत सिजनको एनपीएलमा चितवन राइनोजको लोगोमा ‘चितवन’ भन्ने शब्द अगाडि राखिएको थियो । तर, दोस्रो सिजनका लागि तयार पारिएको लोगोमा ‘राइनोज’ अर्थात् गैँडालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।

नयाँ लोगोले आफ्नो टोलीको मर्म र समर्थकको भावनालाई जोड्ने काम गरेको क्लबले जनाएको छ । 

‘यो परिवर्तन केवल डिजाइनमा होइन, समर्पण र गर्वको झल्को पनि हो । अबको लोगोमा देखिएको गैँडा र चितवन नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने लाखौं समर्थकको प्रतिनिधि बनेर अगाडि आएको छ,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्