२३ असार २०८३, मंगलबार

काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना

साउन ७, २०८२
काठमाडौं
काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना

काठमाडौँको तीनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स बुधबार राति करिब १० बजेतिर दुर्घटनामा परेको हो । 

 महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए । 

एम्बुलेन्समा चालक मात्र रहेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र  उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्