
सप्तरी २३, मंसिर - संघीय समाजवादीफोरम नेपालकाअध्यक्षउपेन्द्र यादवले जीतपछि पहिलो प्रतिक्रियादिँदै भनेका छन्,– जन्मभूमिले मलाई माया गरेर विजयीबनाएको छ, यसप्रति म रिनी छु, जन्मभूमिप्रतिको रिन तिर्नलाई पनि सप्तरीलाई म समृद्ध जिल्ला बनाउँछु ।
शनिबार प्रतिनिधि सभा सदस्यपदमानिर्वाचितभएसँगै यादवले आफ्नो जीतले मधेशका मुद्दाहरुले वैधानिकतापाएको भन्दै बाकीमागहरुलाई पूरा गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।
‘मेरो जीतसँगै मधेशका मुद्दाहरुले वैधानिकतापाएका छन्, तिमागहरुलाई पूरा गराउने जिम्मेबारी मेरो हो’–यादवले भने ।
वाम गठबन्धन र माओवादी केन्द्रका साझाउम्मेदबार उमेश यादव र स्वतन्त्रउम्मेदबार जयप्रकाश ठाकुरलाईयादवले भारी मतले पराजितगर्न सफलभएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाकाउम्मेदवार यादवले दशहजार एकचालिस मतको भारी अन्तरले वाम गठबन्धनका उम्मेदबार र स्वतन्त्रलाई पराजित गरेकाहुन् ।
फोरम नेपालकाअध्यक्षयादवले २१ हजार छ सय २० मतपाएका छन् । वामकाउमेश यादवले एघार हजार पाँच सय उनानस्सी र ठाकुरले नौ हजार चार सय उनान्साठी मतल्याएका छन् ।