२३ असार २०८३, मंगलबार

निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको छ : प्रधानमन्त्री ओली

साउन ८, २०८२
काठमाडौं
निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको दाबी गरेका छन् । 

उनका अनुसार चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ । ‌

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्दै भनेका छन्, ‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ ।’

उनका अनुसार आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो। ‘गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको छ,’ ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले घरेलु उत्पादनमा आधारित निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिएको दाबी गर्दै आएको छ। निर्यात वृद्धिको यो तथ्याङ्कले सरकारको नीति सही दिशातर्फ उन्मुख रहेको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्