०५ साउन २०८३, मंगलबार

खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

साउन ८, २०८२
काठमाडौं
खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर बारा र धनुषामा एक/एक जनाको मृत्यु भएको छ । 

बाराको सुवर्ण गाउँपालिका-७ बहुअर्वा बस्ने ५७ वर्षीय धतु राय भरको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको हो ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय एसआरपी अस्पताल कवहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरीको धनुषाको हंसपुर नगरपालिका-३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको पनि करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिक हंसपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

उता झापाको गौरादह नगरपालिका-७ गक्षामारी बस्ने ७७ वर्षीया तेज कुमारी उप्रेतीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको  छ । आफ्नै घर नजिकै रहेको गुवालीभित्र कुटी काट्ने मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्