थाइल्यान्ड र कम्बोडियाको सिमानामा भएको झडपमा कम्तीमा ९ जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउने सबै थाइल्याण्डका हुन् ।
दोहोरो गोलाबारीमा एक बालकसहित १४ जना घाइते भएको बीबीसीले जनाएको छ ।
कम्बोडियाले हताहत वा घाइतेबारे कुनै जानकारी जारी गरेको छैन ।
कम्बोडिया र थाइल्याण्डबीच एक शताब्दीभन्दा बढी समयदेखि विवाद चलिरहेको छ ।
दुई देशको सिमानामा छिटपुट झडपहरू भइरहन्छन्, तर मे महिनामा झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भएपछि पछिल्लो तनाव बढेको समाचारमा उल्लेख छ ।
दुवै पक्षले एक-अर्कालाई बिहीबार बिहान पहिलो गोली चलाएको आरोप लगाएका छन् ।
थाइल्याण्डले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै कम्बोडियाले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आफ्नो बैठक बोलाउन आह्वान गरेको छ ।