गायिका जुनु गौतमको नयाँ गीत ‘यो माया’ सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा जीवन अधिकारीको शब्द संगीत र विपिन आचार्यको संगीत संयोजन रहेको छ ।
प्रेमका भावहरूलाई रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा चर्चित रेस्लर अश्मिता जुरेली र क्रिस बमको आकर्षक अभिनय देख्न सकिन्छ । गीतलाई विशाल कैनीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।
गायिका जुनु गौतमका अनुसार ‘यो माया’ पछि उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक हुने क्रममा छन् । 'मेरो यो गीतसँगै अन्य थुप्रै गीतहरू बजारमा आउँदैछन्, 'उनले भनिन्, 'तीमध्ये तीज गीत, भजन र शास्त्रीय (क्लासिकल) गीतहरू पनि समावेश छन् । दर्शकको माया पाउने गहिरो विश्वास लिएको छु ।'
भिडियो