
प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानमा असर परेको छ ।
आइतबार रातिदेखि परेको वर्षाका कारण विमानस्थलबाट तय भएको एउटा माउन्टेन फ्लाइट क्यानसिल भएको छ भने अर्को एक उडान डिलेको भएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विमानस्थलबाट बिहान ६ बजेका लागि तय भएको एउटा माउन्टेन फ्लाइट क्यानसिल भएको हो । यसगरी, लुक्लाको एउटा यडान पनि डिले भएको छ ।
अन्तर्राष्ट्रियय उडान र अवतरण भने नियमित रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ ।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिमलगायत देशका पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।