
सुर्खेतमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका- ५ गोगनपानी घर भई वीरेन्द्रनगर नगरपालिका- १३ बस्ने ३१ वर्षीय उत्तम चन्द छन् । उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उत्तमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।