०९ साउन २०८३, शनिबार

वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउँछन्

साउन १३, २०८२
काठमाडौं
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउँछन्

नेपालको सबैभन्दा पुरानो वीर अस्पताल १३६ वर्ष पुगेको छ । १९४६ साउन १२ गतेका दिन १५ शय्याबाट सेवा प्रारम्भ गरेको नेपालकै जेठो र गौरवशाली इतिहास बोकेको यो अस्पताललेआधारभूतदेखि विशेषज्ञ तथा अति विशिष्टीकृत सेवा प्रदान गर्दै आइरहेको छ ।
 हाल ९६० शय्या सञ्चालनमा रहेको अस्पतालमा पहिलो पटक नेपालमा मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरी तथा सघन उपचार सेवा सुरु गरिएको थियो । वीरशमशेरले अस्पतालको उद्घाटनमा भनेका थिए, “काठमाडौँको रानीपोखरीनिर अस्पताल खोलिएको छ । औषधी नहुँदा रैतीले साह्रै दुःख पाउने रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ । रैतीले दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउने छन् ।” 

उनले भनेका थिए, “बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरूको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ बिछ्यौना गैह्र दुरुस्त । केही कुरामा कमी छैन । बेरामी लाई हिफाजत साथ रोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ ।”

वीरशमशेरले रैतीका लागि अस्पताल बनाउन काठमाडौँका दातासँग ४८ रोपनी जग्गा मागेर अस्पताल बनाएका थिए । नेपालमा वीर अस्पतालको स्थापनासँगै आधुनिक औषधी विज्ञानको सेवा सुरु भएको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्