
झापाको कचनकवलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय अरुण राजवंशी रहेका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।