३१ जेठ २०८३, आइतबार

महाराजगन्जको ट्राभल्स एजेन्सीमा सीआईबीको छापा

साउन १३, २०८२
काठमाडौं
महाराजगन्जको ट्राभल्स एजेन्सीमा सीआईबीको छापा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महाराजन्जस्थित  भिजिट अवरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको छ ।

भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको अभियोगमा छानबिन गरिरहेको सीआईबीले उक्त ट्राभल्समा छापा मारेर केही कागजात र डिजिटल डिभाइस नियन्त्रणमा लिएको छ ।

'उक्त ट्राभल्समा २/३ दिन अगाडि छापा हानिएको हो,' सीआईबी स्रोतले भन्यो, 'केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।' 

भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको प्रकरणमा सीआईबीले एसपीको नेतृत्वको छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

सोही समितिले उक्त ट्राभल्समा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्