
शेयर बजार परिसूचक नेप्से ४ वर्षयताकै उच्च विन्दुमा टिक्न सफल भएको छ ।
मंगलबार ३०.७६ अंकले बढेर नेप्से ३००२.०७ विन्दुमा बन्द हुन सफल भएको हो ।
अघिल्लो वर्षको 'स्विङ'मा ३०००.८१ विन्दुमा बन्द भएको बजार त्यसपछि लगातार गिरावट आएर २५ सयभन्दा मुनि झरेको थियो ।
जुलाइ महिनाको शुरूआतसँगै बढ्न थालेको शेयर बजारले आफ्नो अघिल्लो 'स्वीङ'लाई बिट गरेको हो ।
२०२१ अगस्ट १८ मा नेप्से ३१९८.१९ विन्दुमा बन्द भएर नेप्सेले 'डेली क्लोजिङ'को बेसिसमा 'अलटाइम हाई' बनाएको थियो ।