
दुईवटा प्रतिनिधिसभा रहेको काभ्रेपलाञ्चोक जिल्लामा वाम गटवन्धनले मतगणनामा अग्रता बनाएको छ ।
काभ्रे क्षेत्र नम्बर एक प्रतिनिधिसभामा वाम गठवन्धनका तर्फबाट माओवादी, गंगा बहादुर तामाङ २७ हजार १ सय ७७ मतसहित अगाडि छन् भने कांग्रेस, तिर्थ बहादुर लामा २३ हजार ९ सय ३१ मत सहित दोस्रो स्थानमा छन् ।
त्यस्तै एक नम्बर को प्रदेश सभा क मा पनि वाम गठवन्धनका माओवादी उम्मेदवार रत्न ढकाल १९ हजार ६ सय ६५ मतसहित अग्रता बनाएका छन् भने कांग्रेस उम्मेदवार सिवी लामा १२ हजार ७ सय ४३ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै प्रदेश सभा ख मा एमालेका चन्द्र लामा १३ हजार ९ सय ५९ मतसहित अगाडि छन् भने उनलाई ‘डन’ गणेश लामाले १२ हजार ३ सय ५५मतसहित पछ्याइरहेका छन् ।