०५ साउन २०८३, मंगलबार

गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित​

साउन १३, २०८२
काठमाडौं
गैरआवासीय नेपाली संघ रुसको अध्यक्षमा सीताराम कट्टेल निर्वाचित​

​गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् ।

मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रुसको राजधानी मस्को पुगेका थिए ।

विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी संघको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी दुई कार्यकाल रुसमा एनआरएनए युवा संयोजक (२०१९–२०२३) भए भने निवर्तमान कार्यसमितिमा महासचिव (२०२३–२०२५) बनेका थिए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमितकुमार कर्ण र डा. प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन भएका छन् ।

यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन् ।

महिला संयोजकमा श्रीमती हेमाकुमारी ‘कला’ पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित हुनुभएको छ । यस पटक रुसबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा डा. मनामूर्ति भुर्तेल निर्वाचित भएका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्