०७ असार २०८३, आइतबार

अमेरिका–ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

साउन १३, २०८२
काठमाडौं
अमेरिका–ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

अमेरिकासँग हालै सम्पन्न भएको व्यापार सम्झौताले प्रारम्भमा केही तनाव कम भएजस्तो देखिए पनि, वास्तविक रूपमा यसले युरोपेली मुलुकहरूमा आर्थिक दबाब र दीर्घकालीन रणनीतिक चुनौतीहरू थपिएको स्विडेनका एक प्रख्यात विश्लेषकले बताएका छन् । 

स्विडेनस्थित बेल्ट एण्ड रोड संस्था (बीआरआईएस) का उपाध्यक्ष हुसेन अस्कारीका अनुसार, यो सम्झौता युरोपेली संघ (ईयू) ले इच्छाविपरीत गरेका सम्झौतामध्ये एक हो, जसबाट खास फाइदा नभएको देखिन्छ ।

सम्झौता अनुसार, अमेरिकाले युरोपेली वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लागू गर्नेछ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेयरले यसलाई एक ‘सकारात्मक सहमति’ भनेका छन् ।

अस्कारी भने,“युरोपेली उद्योगहरू स्वतन्त्र र खुला व्यापार प्रणालीमा आधारित छन् ।  यस्तो शुल्क हामीलाई स्वीकार्य त भएको हो, तर रुचि भने पक्कै होइन ।”
उक्त सम्झौताअनुसार, युरोपेली संघले अब अमेरिकाबाट ७५० अर्ब डलर बराबरको ऊर्जा किन्ने र ६०० अर्ब डलरको लगानी अमेरिकाभित्र गर्ने प्रतिबद्धता जनाएको छ ।
उनका अनुसार, यस्तो सर्तहरूले युरोपका अत्यावश्यक सामाजिक र पूर्वाधार परियोजनाहरू बजेटमा कटौती गर्न बाध्य बनाएको छ ।

स्विडेन र जर्मनीजस्ता निर्यातमुखी अर्थतन्त्रहरूका लागि यस्तो व्यापारिक अनिश्चितता नकारात्मक असर पु¥याउने खालको छ । 

कमेन्ट गर्नुहोस्