
काठमाडौं क्षेत्र नम्बर पाँचमा वाम गठवन्धनले जीत हात पारेको छ । वाम गठवन्धनका लागि एमाले उम्मेदवार ईश्वर पोखरेलले जित हात पारेका हुन् ।
एमाले महासचिवसमेत रहेका पोखरेलले २२ हजार ९ सय २९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाए ।
पोखरेलेको जीतसँग काठमाडौंको प्रतिनिधिसभा को मतगणना सकिएको छ ।
काठमाडौंमा वाम गठवन्धनले ६ वटा निर्वाचन क्षेत्रमा जित हात पार्दा नेपाली कांग्रेसले ३ वटा क्षेत्रमा जीत हात पारेको छ ।