०४ साउन २०८३, सोमबार
प्रधानमन्त्री कार्यालयको खर्च विवरण

प्रधानमन्त्री कार्यालयको खर्च– वर्ष दिनमा प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम

साउन १४, २०८२
काठमाडौं
प्रधानमन्त्री कार्यालयको खर्च– वर्ष दिनमा प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अघिल्लो आर्थिक वर्ष (२०८०/०८१)को तुलनामा आव २०८१/०८२ मा २ करोड रुपैयाँ कम खर्च भएको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आवमा ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ खर्च भएको थियो । २०८१ असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसलगत्तैको साउन १ देखि गएको असार मसान्तसम्ममा प्रधानमन्त्री कार्यालयमा ४ करोड १४ लाख खर्च भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त खर्च विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ खर्च भएको थियो । त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।

प्रचण्डको कार्यकालको तुलनामा ओलीको कार्यकालमा २ करोड ६ लाख ६४ हजार २५३ रूपैयाँ अर्थात् ३३.२६ प्रतिशत कम खर्च भएको छ ।

प्रचण्डको कार्यकालमा वैशाखदेखि असारसम्म तीन महिनामा मात्र २ करोड २५ लाख १८ हजार ४५ रूपैयाँ खर्च भएकोमा ओलीको कार्यकालमा पछिल्लो तीन महिनामा १ करोड ३३ लाख ६२ हजार ९८६ रूपैयाँ खर्च भएको छ ।

यसपटक  पारिश्रमिकमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ, पोशाकमा ५ लाख ३९ हजार ९० रूपैयाँ, सञ्चार महसुलमा ६० हजार रूपैयाँ, इन्धनमा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च भएको छ ।

त्यसैगरी, सवारी साधन मर्मतमा ५७ लाख २२ हजार ९७६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा १४ लाख ३६ हजार २९८ रूपैयाँ, अनुगमन मूल्यांकनमा ३३ लाख ५२ हजार ३०५ रूपैयाँ र विविधमा १ करोड २४ लाख १ हजार ५३७ रूपैयाँ खर्च भएको छ ।

null

त्यसैगरी, तत्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ, पोशाकमा ४ लाख ८८  हजार २१० रूपैयाँ, सञ्चार महसुलमा ७९ हजार रूपैयाँ, इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च भएको थियो ।

त्यसैगरी, सवारी साधन मर्मतमा ५९  लाख ५० हजार ९२६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ५१  लाख रूपैयाँ , अनुगमन मूल्यांकनमा २१ लाख ९४ हजार ९६१ रूपैयाँ र विविधमा १ करोड ६९ लाख १३ हजार ८८९  रूपैयाँ खर्च भएको थियो ।

 

 

 

salt training

कमेन्ट गर्नुहोस्