२२ जेठ २०८३, शुक्रबार

एनआईसी एसिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर बूढानीलकण्ठमा २० प्रतिशत छुट

साउन १४, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर बूढानीलकण्ठमा २० प्रतिशत छुट

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । 

सम्झौतापछि एनआईसी एसिया बैंकका ग्राहकले लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्ने बैंकका प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले  जानकारी दिए ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् । 

यस सुविधाको उपभोग गर्न बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत् भुक्तानी गर्नुपर्ने छ । 

बूढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास प्रमुख सूचना अधिकारी खनियाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्