०९ साउन २०८३, शनिबार

विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ- सांसद अञ्जान शाक्य

साउन १४, २०८२
काठमाडौं
विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य हुन्छ- सांसद अञ्जान शाक्य

राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठालाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेकी छन् ।

‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन-२०८१’ माथि प्रधानमन्त्रीको उपस्थितिमा बुधबार राष्ट्रियसभामा भएको छलफल उनले यस्तो बताएकी हुन् ।

यो प्रतिवेदन राष्ट्रिय सभाको विकास, आर्थिक मामिला र सुशासन समितिको दिगो विकास उपसमितिले तयार गरेको हो । दिगो विकास उपसमितिले संयोजक शाक्य नै थिइन् । 

‘नेपालको विकास यात्राको यो ऐतिहासिक मोडमा तयार पारिएको ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदन समितिमार्फत् गरिमामाय सदनमा प्रस्तुत हुँदा म गौरवान्वित महसुस गरिरहेको छु’, उनले भनिन्, ‘सन् २०२६ मा हाम्रो राष्ट्र नेपाल अतिकम विकसित मुलुकको सूचीबाट माथि उठेर विकासशील राष्ट्रको पंक्तिमा सामेल हुँदैछ । यो कुनै पनि राष्ट्रका लागि केवल एक प्राविधिक स्तरोन्नति मात्र होइन । यो हाम्रो राष्ट्रिय स्वाभिमान, क्षमता र उज्ज्वल भविष्यको द्योतक हो ।’

उनले नेपालले प्रतिव्यक्ति आय, मानव सम्पत्ति र आर्थिक जोखिमजस्ता विश्वव्यापी मापदण्ड पूरा गरेर यो उपलब्धि हासिल गरेको भन्दै यो सबै नेपालीका लागि गौरवको क्षण भएको बताइन् ।

‘यो स्तरोन्नतिसँगै हामीले अतिकम विकसित राष्ट्रको हैसियतमा पाइरहेका केही सुविधा कटौती हुनेछन् । व्यापारमा केही चुनौती थपिन सक्छन् र केही अन्तर्राष्ट्रिय सहयोगमा कमी आउन सक्छ । तर, हरेक चुनौतीले अवसरको ढोका पनि खोल्दछ,’ उनले भनिन्, ‘हाम्रो देशको क्रेडिट रेटिङमा सुधार हुँदा वैदेशिक लगानीका लागि थप अनुकूल वातावरण बन्नेछ । विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय संस्थाहरूबाट प्राप्त हुने सहयोगमा खासै असर नपर्ने र भारत, चीन, बेलायत जस्ता हाम्रा मित्रराष्ट्रहरूसँगको द्विपक्षीय सम्झौतामार्फत् सहयोगलाई निरन्तरता दिन सकिने बलियो आधार छन् । हामीले मेहनत भने गर्नुपर्छ ।’

उनले स्तरोन्नतिसँगै परनिर्भरताको अध्याय अन्त्य गर्दै आत्मनिर्भरताको नयाँ बिहानीतर्फ लम्किने पनि उल्लेख गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्