
ग्वाटेमाला शहरस्थित एक शवदाह गृहमा सशस्त्र आक्रमण हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । साथै १३ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
उनीहरूले आक्रमणकारी मलामी गएका स्थानीयसँग उक्त स्थानमा आपराधिक गतिविधि गर्दै आएको एक गिरोह मारासाल्भा ट्रुचा (एमएस)–१३ सँग जोडिएको बताएका छन् ।
व्यारियो–१८ र मारा साल्वाट्रुचा (एमएस–१३) गिरोहहरू बीचको विवाद हिंसात्मक बनेपछि यो घटना भएको हुनसक्ने ग्वाटेमालाका आन्तरिक मन्त्री फ्रान्सिस्को जिमेनेजले बताएका छन् ।
जिमेनेजका अनुसार राजधानीको अर्को भागमा सोमबार एक व्यक्तिको हत्या भएपछि सशस्त्र व्यक्तिहरूले शवदाह गृहमा आक्रमण गरेका थिए ।
मारा साल्वाट्रुचाका प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूले शवदाह गृहमा आक्रमण गरे र मृतकको परिवार र साथीहरू माथि गोली हानेको जानकारी प्राप्त भएको उनले बताए ।
ग्वाटेमाला शहर नगरपालिकाको प्रवक्ता अमिलकार मोन्टेजोले बन्दुकधारीहरूले अन्त्येष्टि गृहभित्र गोली चलाउँदा ‘सात जनाको मृत्यु र १३ जना घाइते’ भएको पुष्टि गरेका छन् ।
गोली प्रहार भएको स्थानबाट केही मिटरको दुरीमा थप घाइतेहरू फेला परेका समेत उनले बताए ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरू घटनापछि घटनास्थलबाट भागेका थिए ।